दोलखामा आज थप ४४ जना कारोना संक्रमित थपिए, संक्रमित ८९ जना पुग्यो

दर्पण संवाददाता
चरीकोट, वैशाख २३ ः दोलखामा आज नयाँ ४४ जना कोरोना संक्रमितको संख्या थप भएको छ ।

दोलखाको विभिन्न स्थानिय तहका संकास्पद व्यक्तिहरुको पिसिआर परिक्षण गर्दा ४४ जनामा कोरोना भाइसर पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमितहरु भिमेश्वर नगरपालिको १२ जना पुरुष र ८ जना महिला, कालिन्चोक गाउँपालिकाको १० जना पुरुष १ जना महिला, शैलुङ गाउँपालिकाको ६ जना महिला ६ जना पुरुष वैतेश्वर गाउँपालिकाको १ जना पुुरुष गरी ४४ जना रहेको छ । यो संगै दोलखामा ३१ जना महिला र ५८ जना पुरुष गरी ८९ जना संक्रमित भएका छन् । जस मध्ये ८२ जना विभिन्न ठाउँको होम आइसोलेसनमा रहेका छन् भने ७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।