दोलखामा आजबाट १० दिन सम्म लकडाउन

चरीकोट २२ वैशाख, कोरोना भाइसरको संक्रमित विरामीको संख्या दैनिक रुपमा वढदै जान थालेपछि दोलखा जिल्ला आज राती बाट १० दिनको लागि लकडाउने गर्ने निर्णय भएको छ ।

चरीकोटमा आज वसेको कोभिड १९ व्यवस्थापन समितिको वैठकले आज राती १२ बजे वाट लागु हुने गरी १० दिनको लागि लकडाउन गर्ने निर्णय गरेको छ । दोलखा जिल्लामा पनी दैनिक रुपमा कोरोना संक्रमितको संख्या वढदै गई रहेको छ । कोरोना संक्रमित वृद्धी हुँदै गए पछि लकडाउन गर्नका लागि दोलखा उद्योग वाणिज्य संघ र चेम्वर अफ कर्मरस दोलखाले लकडाउनको माग गरेको थियो । हिमाली जिल्लाहरुमा २०० जना सक्रिय कोरोनाको विरामी भएमा मात्र लकडाउन गर्न सकिने नेपाल सरकारको निर्णय भएता पनी जिल्लामा ५० जना पनी सक्रिय विरामी नपुग्दै लकडाउन गरीएको हो ।