भाद्र ३०
चरिकोट
कोरिना भाइरसका कारण लामो समय देखि बन्द रहेको शैक्षिक संस्था दोलखामा असोज ७ गतेबाट संचालन गर्ने निर्णय भएको छ ।
जिल्ला शिक्षा समिती दोलखाको चरिकोटमा आज बसेको बैठकले जिल्लाका सबै स्थानिय तहका बिधालय हरु असोज ७ गतेदेखि संचालन गर्ने निर्णय भएको हो ।
दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहहरुमा कोरोना भाईरस(कोभिड-१९) रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुलाई २०७७ आश्विन ७ गतेदेखि विद्यालयमा पठनपाठन सुचारू गर्ने निर्णय भएको जिल्ला शिक्षा समिती दोलखाका प्रमुख तथा जिसस प्रमुख डबल पाण्डेले बताउनु भयो । जिल्लामा कोरोना भाइरस संक्रमित कम हुँदै गएको कारण दोलखाका सबै स्थानिय तहाको बिधालय संचालन गर्न लागेको हो । लामो समय देखि बिधालय बन्द हुदा धेरै बिद्यार्थी हरुको पढाइ प्रभावित भएको थियो । 
बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डे जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सम्पुर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुख लगायतको सहभागी रहेको थियो । 