दोलखामा अतिआवश्वक सेवा वाहेक अरु वन्द गर्न प्रशासनको निर्देशन, विनाकाम सामान्य हिड्डुल गर्न प्रतिवन्ध

दर्पण संवाददाता
चरिकोट, १० चैत्र

विश्वमा फैलिरहेको कोरोना भाइसर रोकथामका लागि दोलखामा आजबाट अति आवश्यक सेवा वाहेक अन्य सेवाहरु वन्द गर्न जिल्ला प्रशासन कार्यलय दोलखाले निदेशन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखामा आज वसेको जिल्ला विपद व्यवस्थापन समितीको वैठकले जिल्ला प्रवेश गर्ने नाका खरिढुंगा र किनैटारमा विशेष स्वास्थ्य कर्मीहरुको टीमले कडाइका साथ चेकजाँच गरेर मात्र अति आवश्यक मानिसहरुलाई जिल्ला प्रवेश गर्न दिने निणर्य गरेको छ । सर्व साधारण नागरिकहरुलाई अति आवश्यक काम वाहेक अन्य कामका लागि घर वाहिर ननिस्कीयन आग्रह गर्दै काम वाहेक सडकमा भिडभाड गरेमा चोकमा जम्मा भएमा प्रहरीद्धारा अनुगमन र जाँजवुझ गरी नियन्त्रणमा लिनको लागि समेत सुरक्षा निकायलाई निर्देशन गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितीको वैठकले जिल्लाका सवै स्थानिय तहमा थप प्रभावकारी रुपमा कोरोना रोगको रोकथामका लागि हरेक स्थानिय तहमा कम्तीमा पाँचवटा थर्मल गन र अतिआवश्य उपकरण समेत व्यवस्था गरी पाँच सय देखि एकहजार जना सम्म अटाउन सक्ने गरी क्वारेन्टाइनको व्यवस्था गर्नका लागि अनुरोध गरेको छ ।

विपद व्यस्थापन समिति निर्णय प्रिन्ट प्रति