दोलखाबाट प्रतिनिधित्व गर्ने पार्वत गुरुङ संघीय मन्त्रीमा नियुक्त

४ मंसिर, दोलखा ।
दोलखा जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पार्वत गुरुङ संघिय मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गर्नुभएको मन्त्रिपरिषदमा पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीको रुपमा नियुक्त भएको हो। गुरुङ दोलखा जिल्लाबाट अत्याधिक मत अन्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी हुनु भएको थियो।
नवनियुक्त मन्त्रीहरुले बिहिवार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।