दोलखाबाट काठमाण्डौ जाँदै गरेको वस ११ किलोमा दुर्घटना

माघ २०
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका स्थित ११ किलोमा आज बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । दोलखाबाट काठमाण्डौँ जाँदै गरेको बा २ ख २७८९ नम्बरको रोल्वालिङ यातायात लाममोसाँघु जिरी सडक खण्डको ११ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा छ महिला सहित ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । घाईते ११ जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भईरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी आउन बाकी छ ।