दोलखाको १६ कार्यालयमा प्रशासनको छडके अनुगमन, ४२ कर्मचारी विना जानकारी भेटिएन कार्यालयमा

प्रभु जिरेल
चरिकोट, ६ भाद्र

कार्यालय समयमा कार्यालयमा कर्मचारी नहुँने र सेवाग्राहीले दुख पाउने गरेको गुनासो वढदै गएको बेला जिल्ला प्रशासन कार्यालय दोलखाले कार्यालय समयमा छडके अनुगमन सुरु गरेको छ ।

कार्यालय समयमा समेत कर्मचारीहरु विना जनाकारी कार्यालयमा नहुने गरेको भन्ने गुनासो सेवाग्राही बाट आउन थालेको कारण प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोलखा जिल्लाका सरकारी कार्यालयहरुमा छडके अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा विदा र काज नजनाई कार्यलय समयमा जिल्ला आयुवेर्द कार्यालय, डिभिजन सिँचाई कार्यालय र गौरिशंकर संरक्षण क्षेत्र फिल्ड कार्यालयका कार्यालय प्रमुखहरु कार्यालयमा अनुपस्थीति रहेको पाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनु भयो ।

कार्यालय समयमा छडके रुपमा सुरु गरेको अनुगमनका क्रममा जिल्लाका १६ ओटा सरकारी कार्यालयमा अनुगमन गर्दा ४२ जना कर्मचारीहरु विना जानकारी कार्यालयमा अनुपस्थित रहेका पाइएको छ । कतिपय कर्मचारीले लामो समय देखि कार्यालयमा वेखवर रहने र विदा लेख्ने तर हाजिर खातामा विदा समेत नजनाउने जस्ता कर्मचारी समेत अनुगमनको क्रममा फेला परेको प्रमुख रिजालले बताउनु भयो ।

राज्यले उपलब्ध गराउने पोषक सुविधा दिने तर पोषक नलगाई कार्यालय जाने १२ जना कर्मचारी समेत अनुगमनमा फेला परेको छ । कार्यालयमानै वस्नुपर्ने भूमिका भएका कर्मचारी समेत २९ दिन सम्म फिल्ड काज जनाई सुविधा उपभोग गरेको पाइएको उहाँले बताउनु भयो ।

कर्मचारी कार्यालयमा अनुपस्थित भई नागरीको काममा बाधा परेको गुनासो पछि छडके अनुगमन सुरु गरेको र लापवाही गर्ने कर्मचारीहरुको सुची तयार पारी कावाही प्रकृया अगाडि वढाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो । पछिल्लो समय कार्यालयमा कर्मचारीहरु नभेटिने गरेका कारण नगरीकहरुबाट धेरै गुनासो आउनु थालेको छ ।