दोलखाको स्थानीय तहलाई संघिय सरकारबाट ३ अर्व ५२ करोड बजेट विनियोजन (कुन पालिकालाई कति)

चरिकोट, १९ जेठ ः दोलखाका स्थानीय तहलाई संघिय सरकारबाट तिन अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन भएको छ । दोलखाको सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तहको लागि संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० को लागि उक्त वजेट विनियोजन गरेको हो ।

दोलखाको स्थानीय तहको लागि संघिय सरकारले चालु तर्फ ३ अर्व १७ करोड ५४ लाख र पुजिगत तर्फ ३५ करोड ३२ लाख गरी जम्मा ३ अर्व ५२ करोड ७८ लाख रकम विनियोजन गरेको छ । जिल्लाको भिमेश्वर र जिरी दुई नगरपालिकाको लागि ९२ करोड ५६ लाख र सात गाउँपालिकाकको लागि २ अर्व ६० करोड ३० लाख रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

संघिय सरकारले विनियोजन गरेको वजेट अन्र्तगत जिल्लाका भिमेश्वर नगरपालिकाको लागि चालु तर्फ ४९ करोड ४६ लाख र पुजिगत तर्फ ६ करोड ८८ लाख गरी ५६ करोड ३४ लाख, जिरी नगरपालिकाको लागि चालु् तर्फ ३१ करोड ५५ लाख पुजिगत तर्फ ४ करोड ६७ लाख गरी ३६ करोड २२ लाख रकम विनियोजन भएको छ । त्यस्तै गाउँपालिका अन्र्तगत कालिन्चोक गाउँपालिकाको लागि चालु तर्फ ४० करोड ६१ लाख पुजिगत तर्फ २ करोड ९६ लाख गरी ४३ करोड ५७ लाख, गौरिशंकर गाउँपालिकाको लागि चालु तर्फ ३२ करोड ६७ लाख पुजिगत तर्फ ४ करोड ९२ लाख गरी ३७ करोड ६८ लाख रकम विनियोजन भएको छ ।

तामाकोशी गाउँपालिकाकाको लागि चालु तर्फ ३४ करोड ९३ लाख पुजिंगत तर्फ २ करोड ६ लाख गरी कुल ३६ करोड ९ढ लाख, वैतेश्वर गाउँपालिकाको लागि चालु तर्फ ३२ करोड ३७ लाख पुजिगत तर्फ ३ करोड ५८ लाख गरी कुल, ३५ करोड ९५ लाख, मेलुङ गाउँपालिकाको लागि चालु तर्फ ५५ करोड ३१ लाख पुजिगत तर्फ ३ करोड ८ लाख गरी ३६ करोड ३९ लाख, विगु गाउँपालिकाको लागि चालु तर्फ ३० करोड ९३ लाख पुजिगत तर्फ २ करोड ७ लाख गरी कु्ल ३३ करोड र शैलुङ गाउँपालिकाको लागि चालु तर्फ ३१ करोड ६२ लाख पुजिगत तर्फ ५ करोड १० लाख गरी कुल ३६ करोड ७२ लाख रकम विनियोजन भएको छ ।

जिल्लाकको दुई नगरपालिका र ७ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरण मार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । संघिय सरकारले दोलखाको स्थानीय तहलाई समानिकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी कुल तिन अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन गरेको हो ।