
दर्पण संवाददाता
चरिकोट, १० भाद्र
दोलखाको गौरिशंकर गाँउपालिका वडा नं ५ सुरी लहरेमानेमा खेल्ने क्रममा पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ ।
गौरिशंकर गाउँपालिका वडा नं ५ सुरी लहरेमाने निवासी दोर्जे शेर्पाको ५ बर्षको छोरा छिरिङ दावा शेर्पाको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आज विहान करिव १०ः३० बजेको समयमा घर भन्दा केहि माथी पशुचौपायको लागि पानी पानी खुवाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुवेर ज्यान गएको दोलखाका प्रहरी नायव निरिक्षक सेते तामाङले बताउनु भयो ।