दर्पन संबाददाता
चरिकोट, १२ जेठ
दोलखाको कालिन्चोक गाउपालिका वडा न ८ सुनखानी स्थित सोति बजारमा गए राती आगलागी हुदा चार घर जलेर नस्ट भएको छ ।
आगलागीबाट करिब एक करोड ९७ लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राती करिब २ बजेको समयमा भएको आगलागीबाट घनश्याम उप्रेतिको इलेक्ट्रोनिक पसल , चित्र खरेलको खरेल होटेल , नारायण प्र शिवाकोटीको कृष्ण होटेल र बासु खरेलको सेढाई होटल जलेर पुर्ण रूपमा नस्ट भएको छ भने पदमराज शिवाकोटीको होटल तथा किराना पसल र बिध्या बिकास बोर्डिङ स्कुल को बा १३ च ३४८४ नं को गाडी सामान्य क्षेती? भएको छ ।
दोलखा कालिन्चोक – ८ सुनाखानी स्थित सोति बजारमा बस्ने कृष्ण सेढाईको घर भाडामा बस्ने बासु खरेलको कोठामा विद्युत करेन्ट सर्ट भै आगलागी भएको प्रहरीले जनाएको छ । बिहान २ बजे बाट लागेको आगो नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा बिहान ७ बजेको समयमा मात्र आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।