दोलखाको विभिन्न क्षेत्रमा पहिरो, १२० भन्दा वढि घरपरिवार उच्च जोखिममा

दर्पण संवाददात
चरिकोट, ८ भाद्र

दोलखा जिल्लाको विभिन्न क्षेत्रमा अविरल वर्ष संगै आएको पहिरको कारण विभिन्न क्षेत्रको वस्तीहरु जोखिममा परेको छ ।

दोलखा जिल्लाको गौरिशंकर गाँउपालिका, शैलुङ गाँउपालिका, मेलुङ गाँउपालिका, विगु गाँउपालिका र कालिन्चोक गाँउपालिकाको विभिन्न वडाका वस्तीहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गय राती परेको अविरल बर्षका कारण शैलुङ गाँउपालिकामा मात्र ११२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । शैलुङ गाँपालिका वडा नं ८ पोखरे एक्ले सल्ला निवासी उद्धव कार्कीको कुखुरा फर्म पहिरोले पुर्दा ३२३ कुुखुरा र एक खसी पुरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोकै कारण मेलुङ गाँउपालिका वडा नं १ पवटी दियाली टोलको ४० घर परिवार, कार्की टोलमा २० घरपरिवार, वोहोरा टोलमा ११ घर परिवार आचार्य टोलमा १० घर परिवार, मृगे टोलमा ७ घर परिवार र शैलुङ गाँउपालिका वडा न ८ थिङटोलमा ७ घर परिवार गोरख टोलमा ५ घर परिवार र रामलाल टोलमा ५ घर परिवार उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तिन दिन देखिको अविरल वर्षकै कारण गौरिशंकर गाँउपालिकाको विभिन्न क्षेत्रमा पहिरोले ठुलो क्षेति पुगेको छ । गौरिशंकर गाँउपालिका वडा नं ७ निवासी ढाल बहादुर मगरको घर पहिरकोका करण पुर्ण रुपमा क्षेति पुगेको छ । पहिरोले घर पुरे संगै मगरको ७ जनाको परिवार आफन्तको सरणमा वस्दै आएका छन् । वर्ष संगै आएको बाढिले मार्वुकै च्याङमर्के खोलामा रहेको हुप्ची जाने पुल समेत वगाएको छ । गौरिशंकर गाँउपालिकाका मार्बु खारे, सुरी चंखु, झयाकु, जंगु लगाएतका विभिन्न क्षेत्रहरुको वस्तीहरु जोखिममा परेका छन् ।

साउन १०, ११ र १७ गते आएको पहिरोका कारण गौरिशंकर गाँउपालिकाको जुंगु सुरी चंखु मार्वुमा दुई जनाको ज्यान जानुका साथै ठुलो धन जनको क्षेति भएको थियो । गाँउपालिकाले पहिरो प्रभावित क्षेत्रहरुमा तत्कालिन रुपमा सुरक्षीत अवास र आपत्कालिन राहतको व्यवस्था मिलाई रहेको गाँउपालिका प्रमुख स्वयम बहादुर खडकाले जानकारी दिनु भयो ।