दोलखाको लादुकमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, तिन घाईते

दोलखाको विगु गाउँपालिका वडा नम्वर ४ लादुकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृृत्यु भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ४ लादुकको चित्रे स्थित रमिते गोलाईमा ढुगाँ लोड गरेको ना ५ प ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विगु ४ लादुकका २४ वर्षिय किसान सार्र्कीकोे मृत्यु भएको हो । टयाक्टर दुर्घटनामा परि सोहि वडाका २५ वर्षिय जिवन नेपाली २३ वर्षिय राम बहादुर नेपाली र १८ वर्षिय सुरज खत्री घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गम्भिर घाईते भएका सार्र्कीलाई सिंगटीमा प्राथमिक उपचार पछि थप उपचारका लागि सिँगटीबाट काठमाण्डौं पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्यु भएको सार्कीको शव पोष्टमार्टमका लागि पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोटमा राखिएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । घाईतेहरु जिवन नेपाली र राम बहादुर नेपालीको दोलखाको धुलिखेल अस्पताल र सुरज खत्रीको सिँगटीमा उपचार भइरहेको छ । चित्रेमा निर्माणधिन प्रतिक्षालयको निर्माण सामाग्री ओसार पसारमा प्रयोग गरिएको टयाक्टर दुर्घटनामा परेको हो । टयाक्टर दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।