दर्पण संवाददाता
मेलुङ २९ फागुन
दोलखाको मेलुङको समुदाय प्रहरी साझेदार सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा मेलुङको त्रिभुवन माबिमा आज सुरक्षा तथाअपराधको सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले लागू औसध दुर्व्यसन, महिला तथा यौनजन्य हिंसा Cyber crime , तथा कोरोना भाइरसको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउनुहुदै दाहालले हाल बिश्वमा फैली रहेको कोरोना भाइरस सर्न नदिन सबै सचेत रहनु पर्ने बताउनु भयो ।

हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नारा सहित संचालन भइ रहेको अभियान अन्तर्गत समाजमा शान्ति सुरक्षा कायम गराउने र हरेक नागरिकलाइ टोल टोलमा नेपाल प्रहरी रहेको अनुभुती दिलाउन मेलुङमा यो कार्यक्रमको आयोजना गरेको दोलखा प्रहरी प्रमुख रेवतिरमण पोखरेलले बताउनु भयो । मेलुङ गाउपालिका प्रमुख नर बहादुर श्रेष्ठले युवाहरु विविध कारणले लागुऔषधमा लाग्ने गरेको तथा मदिराजन्य पदार्थको कारण अपराध हुने गरेको कारण तेस्को रोकथामका लागि गाउपालिका सचेत रहेको बताउनु भयो ।

कार्यक्रमलाई संबोधन गर्नुहुदै गाउपालिकाका प्रबत्ता हिरा थोकरले पछिल्लो समय धेरै युवाहरु लागू औसधमा लागेको र तेस्ले समाजलाइ घाटा हुनुका साथै अपराध बढी हुने हुद सबै सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक देबराज काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा मेलुङका स्थानीय विद्यार्थी लगएतको सहभागी रहेको थियो ।
