दर्पण संवाददाता
चरिकोट, १ कार्तिक
दोलखाको मेलुङ गाउँपालिकामा पहिलोपटक आज बाट दुई दिने मेलुङ आलु महोत्सव २०७६ सुरु भएको छ ।
मेलुङ गाउँपालिकाको आयोजनामा मेलुङ गाउँपालिका वडा नम्वर ३ ध्याङसुकाठोरमा मेलुङ आलु महोत्सव आजबाट सुरु भएको हो । कार्तिक १ र २ गते सम्म संचालन हुने आलु महोत्सवको प्रदेश नम्वर ३ का भुमि व्यवथा कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले उदघाटन गर्नु भएको छ ।
महोत्सवको उदघाटन गर्नु हुँदै मन्त्री लामाले आर्थिक संवुद्धिका लागि कृषिलाई व्यवसायीक गर्नुपर्ने बताउनु भयो । किसानहरुद्धार उत्पादन गरिएको आलुलाई प्रर्वद्धन र वजारीकरण गर्ने उदेश्यले आयोजना गरिएको आलु महोत्सवमा विभिन्न ठाँउ तथा प्रजातिका आलुहरुको प्रर्दशन गरिनुका साथै आलुबाट वनाइने विभिन्न प्रकारका परिकारहरुको प्रर्दशन गरिएको छ । मेलुङलाई आलुमा आत्मा निर्भर बनाउने प्राङगरीक आलु उत्पादन गर्ने र त्यसको संकलन गरी प्रसोधन विक्री गरि सामुहिक खेती प्रणालीको विकास गरी किसानहरुलाई स्वाआर्जन तथा उद्यमशीलतामा बृद्धि गराउने उदेश्यले मेलुङ आलु महोत्सवको आयोजना गरिएको मेलुङ गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो । दोलखा जिल्लाकै स्थानिय तहहरु मध्ये कृषिमा राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकामा आयोजना गरिएको आलु महोत्सवले विशेष महत्व राख्ने र यसले आर्थिक रुपमा समेत राम्रो हुने मेलुङ गाउँपालिका प्रवतmा हिरा थोकरले बताउनु भयो ।
मेलुङ गाउँपालिकामा वर्षत तथा हिउदको समयमा राम्रो आलु उत्पादन हुँदै आएको छ । बर्षतको समयमा मात्र मेलुङ गाउँपालिकाले करोडौको आलु निर्यात गदै आएको छ । प्रदेश नन्वर ३ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जु लामाले उदघाटन गर्नु भएको महोत्सवमा प्रदेश सभा सदस्य रचना खडका, नेकपा दोलखाका कार्यवाहक अध्यक्ष गोपाल पाण्डे, नेपाली काङग्रेशका नेता बर्मा लामा, नेकपाका मेलुङ गाउँपालिका अध्यक्ष अम्वीका गोले लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
