दोलखाको मार्वुमा छम्वा र यर्जाङ गुम्वा निर्माण सम्पन्न, भव्य उदघाटन

दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुमा छम्वा गुम्वा र यर्जाङ गुम्वा निर्माण सम्पन्न भएको छ । गुम्वा निर्माण सम्पन्न भए संगै माघ २७ मार्वुको छम्वा गुम्वार र माघ २८ गतेका दिन सिक्पास्वरको यर्जाङ गुम्वा भव्य कार्यक्रमका विच उदघाटन भएको छ ।

भुकम्प पछि पुन निर्माण सम्पन्न भएको दुई गुम्वाको दक्षिणी भारतका मैसोर नामडोलिङ गुम्वाका प्रमुख परमपुजनीय छोक्टुल ग्याङखाङ रिम्पोछेको प्रमुख आतिथ्यतामा भब्य कार्यक्रमका विच उदघाटन भएको हो । २०७६ साल देखि निमार्ण सुरु गरिएको गुम्वा हाल निर्माण सम्पन्न भएको गुम्वा निर्माण समितीका अध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो । अभिकांश तामाङ समुदायको वसोवास रहेको मार्वुको उक्त गुम्वा भुकम्ले क्षति गरेको थियो । गाउँपालिका स्थानिय सरकार, वागमत िप्रदेश सरकार तथा संसाद विकास कोष तथा विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा गुम्वा निर्माण भएको अध्यक्ष शेर्पाले बताउनुभयो । गुम्वा निर्माणको लागि करिव साढे ४ करोड रकम खर्च भएको उहाँले बताउनु भयो । करिव ७ रोपनी क्षत्रफलमा गुम्वा निर्माण भएको उहाँले बताउनुभयो ।


गुम्वा उदघाटन कार्यक्रममा दोलखामा संघिय सांसद, पुर्व मन्त्री प्रदेश सांसद तथा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रमुख, प्रशिद्ध गायिका आनी छयोइङ डोमा, विभिन्न गुम्वाहरुका लामाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मंगाल हार्ट व्यान्डको समेत विशेष प्रस्तुती रहेको थियो । कलाकार राजु लामा सहितको कलाकारहरुको उपस्थितीमा भव्य सास्कृतीक कार्यक्रम समेत आयोजना गरिएको थियो ।