दर्पण संवाददाता
चरिकोट, १९ भाद्र
दोलखाको वैत्येश्वर गाउँपालिका वडा नं ६ नाम्दु डाडाँगाउमा टिपर दुर्घटना हुँदा तिन जना घाइते भएका छन् ।
लामोसंघु जिरी सडक खण्ड अन्र्तगत तामाकोशीबाट मैनापोखरी बालुवा बोकेर जाँदै गरेको वा ५ ख ८७८३ नं को टिपर आज साँझल दुर्घटना भएको हो । दुर्घटनामा परी दोलखा जिल्ला जिरी नगरपालिका वडा न ८ का पोश बहादुर सुनुवार, जिरी नगरपालिका वडा न ६ हाटडाँडाका चालक सुनिल जिरेल र सहचालक जिरी वडा न ९ ठुलोपातलका अर्जून कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सडक स्तर बृद्धिको काम भई रहेको र सडक साँघुरो भएको कारण अगाडि बढाउने क्रममा सडक भासिन गई टिपर १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक सेते तामाङले बताउनु भयो ।