दोलखाको नमुना सामुदायिक विद्यालय क्षत्रवती माविको ५४ औँ वार्षिक उत्सव सम्पन्न

१५ माघ
दोलखाको नमुना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयको ५४ औँ वार्षिक साधारण सभा एवमं २४ औँ अभिभावक दिवस आज भव्य रुपमा सम्पन्न भएको छ ।

वैत्येश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपामा रहेको क्षत्रवती माध्यमिक विद्यालयले वागमती प्रदेश सभा सदस्य मा विशाल खड्काको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमको आयोजना गरी अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको हो । अभिभावक दिवसको अवसरमा वागतमी प्रदेश सरकारले उपलब्ध गराएको स्कुल वसको समेत उद्धघाटन गर्नु भएको छ । क्षत्रवती माध्यमिक विद्यालयलका लागि वागमती प्रदेश सरकारले स्कुल वस उपलब्ध गराएको हो । स्कुल व्यवथापन समितीका अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने सहयोगीहरु र विधार्थीलाई सम्मान गरेको छ । क्षत्रपाका समाजसेवी तारा खड्काले विद्यालयमा विपन्न विद्यार्थीहरुका लागि अध्यान गर्न ५ लाखको अक्षकोषको स्थापना गर्नु भएको छ । कार्यक्रमको अवसरमा पुर्व शिक्षक गनेश बहादुर खडकाले १ लाख विद्यालयलाई सहयोग गर्नु भएको छ । विद्यालयका प्रधानध्यापक पदम जिरेलले विद्यालयको आर्थिक तथा प्रगती विरण एवमं आगमी योजनाको वारेमा प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रदेश सभा सदस्य मा विशाल खडकाले शैक्षिक क्षेत्रको विकासको लागि आफुले प्रदेश सरकार मार्फत निरन्तर काम गरी रहेको र आगमी दिनमा समेत आफुले सकेको सहयोगको लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विद्यालयका पुर्व विवेश अध्यक्ष हरी जिरेलले विद्यालयको समग्र विकासका लागि क्षत्रपाका नागरीक तथा सवै निकायको महत्वपुर्ण भूमिका रहेको र सवैको साथ सहयोग गरेकोमा खुसी व्यक्त गर्नु हुँदै निरन्तरताको लागि आग्रह गर्नु भयो । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख रवि चन्द्र आचार्य, शिक्षा समन्वय समिति दोलखाका प्रमुख शंखरबाबु श्रेष्ठ, वडा अध्यक्ष रमेश अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष पुष्कर अधिकारी, पत्रकार लक्ष्मण खड्का, पुर्व शिक्षक भरत श्रेष्ठ लगाएतले आफनो भनाई राख्नु भएको थियो ।