दर्पण संवाददाता
दोलखाको दुई नमुना सामुदायिक बिद्यालय क्षेत्रवती र हनुमन्तेश्वोर माध्यमिक बिद्यालयमा प्रदेश सरकारको सहयोगमा बस संचालन हुने भएको छ ।
वागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमका लागी बागमती प्रदेशको २५ वटा विद्यालय छनौट भएको छ । छनोट हुने बिधालय मा दोलखाकै नमुना सामुदायिक बिदयालय बैतेश्वोर ८ को क्षेत्रवती माद्यामिक बिदयलय र हनुमन्तेश्वोर माध्यमिक बिद्यालय रहेका छ्न ।
बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले बस संचालन गर्नका लागि एक विद्यालयकालागी २५ लाख रुपैया का दरले हस्तान्तरण गर्ने छ । सामाजिक बिकास मन्त्रालयले फागुन १९ गते सूचना प्रकाशन गरि छनोट भएका बिद्यालय हरुलाइ फागुन २३ गते सम्झौता गर्नका लागि मन्त्रालयले आग्रह गरेको छ ।