दर्पण संवाददाता
काठमाण्डौँ माघ २७
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको उपाध्यक्ष र सचिवको जिम्मेवारी दोलखाली दुई युवा नेताहरुले पाउनु भएको छ ।
हिजो विस्तार गरिएको केन्दीय कमिटीको उपाध्यक्षमा उर्मिला सुनवार र सचिवमा महाराज गुरुङ चयन हुनुभएको हो । लामो समय देखि यूवा संघमा आवद्ध भई राजनितीक क्षत्रमा सक्रिय दुई दोलखाली नेताहरुलाई कमिटीको उपाध्यक्ष र सचिवको जिम्मेवारी प्रदान गरिएको हो । युवामाझ प्रभावसाली मानिने यूवा नेता महाराज गुरुङ युवा संघ दोलखाको अध्यक्षमा मा सफल कार्यकाल सम्पन्न गर्दै केन्दीय सदस्य हुँदै सचिवको जिम्मेवारी पाउनु भएको हो । दोलखाको मार्वुमा जन्मनुभएका गुरुङ नेकपाको युवा नेतृत्वमा प्रभावशाली नेताको रुपमा चिनिन्छ ।
दोलखाकको साविक ठुलोपातल गाविसमा जन्मनुभएका उर्मिला सुनुवारले उपाध्यक्षको जिम्मेवारी पाउनु भएको हो । सुनुवार युवा संघकै केन्दीय सदस्यमा रहेर नेकपाको युवा राजनितीमा सकृय भई काम गर्दै आउनुभएको थियो ।
