दोलखाको त्रिपूरा सुन्दरी मन्दिरमा चोरी

दर्पण संवाददाता
चरिकोट असोोज ९, दोलखाको त्रिपूरा सुन्दरी मन्दिरमा गए राती चोरी भएको छ ।
भिमेश्वोर नगरपालिका वडा नम्बर २ मा रहेको त्रिपूरा सुन्दरिको मन्दिरमा रहेको विभिन्न महत्त्वपूर्ण सामानहरु चोरी भएको हो । मन्दिरको ढोका फुटाइ मन्दिर भित्र रहेको सेफमा राखिएको महत्त्वपूर्ण सामानहरु चोरी भएको वडा अध्यक्ष बिराज श्रेष्ठले बताउनु भयो । मन्दिरमा रहेको अन्य सामनहरुमा समेत तोड्फोड भएको छ । मन्दिरको के के सामग्री कति चोरी भएको भन्ने बारेमा अनुसन्धान भइ रहेको छ ।