दर्पण संवाददाता
तामाकोशी असोज १३
दोलखाको तामाकोशी गाउपालिकामा आज दुई जनालाई कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेमा एक महिला र एक पुरुष रहेका छन । संक्रमित दुबै जनालाइ कोरोना संग मिल्दो लक्षण देखा परे पछि परिक्षणका लागि सोमबार स्वाब संकलन गरि परिक्षणका लागि पठाएको थियो । ६ जनाको स्वाब परिक्षण गर्दा उनिहरु मध्य दुई जनालाइ कोरोना पोजेटिभ देखिएको तामाकोशी गाउपालिकाका स्वास्थ शाखा प्रमुख अरुन कुमार मिश्रले बताउनु भयो ।