दोलखाको जिरीमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

साउन १७ / दोलखाको जिरी नगरपालिका वडा न ३ मा आफ्नै श्रीमतीको पिटाईवाट श्रीमानको मृत्यु भएको छ ।

जिरी नगरपालिका ३ मालीमा घरायसी विवादमा श्रीमान र श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको हो । विवादपछि झगडा हुँदा ५५ वर्षीय नाम्गेल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

मदिरा सेवन गरि आज बिहान विवाद हुँदा श्रीमती आङल्हमु शेर्पाको पिटाईबाट श्रीमानको मृत्यु भएको बताईएको छ ।

घटना बारे थप विवरण आउन अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक माधव काफ्लेले जानकारी दिए ।