दर्पण संवाददाता
माघ १५
दोलखाको चरिकोटमा आधुनिक प्रविधियुक्त सुविधा सम्पन्न डेण्टल किल्नीक संचालनमा आएको छ ।
दोलखा जिल्लामा दाँत सम्वन्धी विरामीहरुले चाहे जस्तो सेवा नपाई रहेको अवस्थामा आधुनिक उपरकण तथा प्रविधि सहितको भिमशेन डेण्टल किल्नीक संचालनमा आएको हो । जिल्लामा दक्ष जनशतिm तथा प्रविधि र उपकरणको अभावका कारण दाँत सम्बन्धी सामान्य विरामी वाहेक सेवा लिनको लागि राजधानी धाउनु पर्ने बाध्यता रहेकोमा डेण्टल संचालनमा आए संगै दाँत सम्बन्धी जस्तो सुकै विरामीहरुले सहज रुपमा सुपथ मुल्यमानै जिल्लाबाट सेवा लिन पाउने भएका छन् ।
जिल्लामानै पहिलो पटक वि.डि.एस डाक्टर सहितको टोलिले सेवा प्रदान गर्न लागेको हो । डेण्टल संचालनमा आए संगै अव दाँत सम्बन्धी जस्तो सुकै विरामीको पनि उपचार गर्न सकिने डा. व्रभिम श्रेष्ठले बताउनु भयो । जिल्लामा पहिलो पटक दाँत सम्वन्धी उपचार गर्ने आधुनिक उपकरण तथा प्रविधि संचालनमा ल्याईएको बताउनु हुँदै डा. व्रभिम श्रेष्ठले यसले सवै विरामीलाई सहयोग पुग्ने बताउनु भयो ।

डेण्टल संचालनको लागि करिव २५ लाख रुपैँया लगानी भएको संचालक नारायण श्रेष्ठले बताउनु भयो । लामो समय वैदेशीक रोजगारीमा वसी आफ्नै ठाँउमा केहि गर्ने उदेश्यले स्वदेश फर्किएको र जिल्लामा आवश्यकता रहेकोले डेण्टल क्षेत्रमा आफुले लगानी गरेको संचालक नारायण श्रेष्ठले बताउनु भयो ।