साउन १७, चरिकोट / दोलखाको उतरी क्षेत्र गौरिशंकर गाँउपालिकामा ईलाका प्रहरी कार्यालय गौरिशंकरको स्थापना गरिएको छ ।
प्रहरीको विद्यमान संरचनालाई पुनःसंरचना गर्ने सम्वन्धमा गृह मन्त्रालयको २०७४ चैत्र २९ गते गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सिफारीस गरे वमोजिम २०७५ जेठ १७ गतेको मन्त्री परिषद बैठकबाट गौरिशंकर गाँउपालिकामा ईलाका प्रहरी कार्यालयको स्थापन गर्ने स्वीकृत भएको थियो । गौरिशंकर गाँउपालिकाका नागरिकलाई प्रहरीले सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले गौरिशंकर गाँउपालिका वडा न ६ गुरुम्फीमा ईलाका प्रहरी कार्यालयको स्थापन गरिएको प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले बताउनु भयो ।
कार्यालयको स्थापना संगै गौरिशंकर गाँउपालिकाको वडा नं ४, ५, ६ र ७ का सवै वडाहरु र वडा नं ८ का केहि भागमा सेवा दिने छ । यस अघि दोलखाको ईलाका प्रहरी कार्यालय सिंगटीबाट सेवा दिइदै आएको थियो । कार्यालयको आज स्थानिय जनप्रतिनिधी, बुद्धिजीवी, स्थानिय वासिन्दाहरुको उपस्थितिमा दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले उद्घाटन गर्नु भएको थियो ।