दोलखाको क्षेत्रपामा टिपर दुर्घटना, दुई गम्भिर घाइते

क्षेत्रपा १६ माघ
दोलखाको बैतेश्वोर गाउपालिका वडा नम्बर ८ क्षेत्रपामा आज टिपर दुर्घटना हुदा दुइ जना गम्भिर घाइते भएका छन ।

क्षेत्रपाको छिपिगाउमा भएको दुर्घटनामा परि कुल बहादुर जिरेल र हरि बहादुर जिरेल गम्भीर घाइते भएको वडा अध्यक्ष रमेश अधिकारीले बताउनु भयो । बलुवा बोकि क्षेत्रपा आउन लागेको बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटना भएको हो । घाइते दुबै जनालाइ उपचारका लागी चरिकोट लगिदै छ । टिपर चालक भने फरार रहेको छ ।