दर्पण संवाददाता
चरिकोट
काठमाडौंमा रहेका दोलखाका कोरोना भाइरस संक्रमित एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु उनको मृत्युु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेहरुको सङख्या ९ पुगेको छ ।