दर्पण संवाददाता
चरिकोट, ८ असोज
दोलखाको वैत्येश्वर गाउँपालिका वडा नम्वर ४ काल्थोकमा गयराती आगलागी हुन्दा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
वैत्येश्वर गाउँपालिका वडा न ४ निवासी दिपक दहालको भुकम्प प्रतिरोधात्म घर राती ११ वजेको समयमा अगलागी हुँदा वजेर नष्ट भएको छ । आगलामीमा परी करीव १८ लाख ४० हजार वरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम वोहराले जानकारी दिनुभयो ।
रातीको समयमा आगलागी भएको हुँदा घरमा भएका अन्नपात भाडा वर्तन लताकपडा तथा ४ तोला सुन तथा घरमा भएको कुखुराहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भुकम्प पश्चात निर्माण गरेको भुकम्प प्रतिरोधात्मक घरमा रातीको समयमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थायिनको सहयोगमा विहान २ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।
