दोलखाको ओराङमा एक दम्पती वेपता, खोलाले वगाएको हुन सक्ने आशंका

चरिकोट, असार ३

दोलखाको विगु गाउँपालिका वडा नम्वर २ ओराङमा एक दम्पती सोमवार देखि वेपत्ता भएका छन् । वेपत्ता दम्पतीलाई खोलाले वगाएको हुन सक्ने स्थानियहरुले बताएका छनु ।

विगु गाउँपालिका वडा नम्वर २ ओराङ टाइवा निवासी ६५ वर्षिय रामजी विक र उनकी ६० बर्षिय श्रीमती बुद्धिमाया विक सोमवार विहान देखि वेपत्ता रहेको र उनिहरुलाई खोलाले वगाएको हुन सक्ने आफन्त उद्धव विकले जानकारी दिनु । सोमवार विहान घर देखि तल खेतमा गएका ति दम्पती विचमा रहेको टाइवाखोलाले वगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमवार विहान ति दम्पती खेतमा गएको र हाल सम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यलय सिंगटीले जनाएको छ ।

घटना स्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलिले टाइवाखोला देखि तातोपानी दोभान सम्म खोजी गरेको र फेला नपरेको र खोजी कार्य भई रहेको जनाएको छ । ईप्रका सिंगटीका निरीक्षक सुनजित तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको दसी प्रमाण नभेटिएको बताए । दाम्पतीको चार छोरीहरु रहेको र सवैको विवाह भई सकेको र उनिहरु संग अनुसन्धान गरी खोजी भई रहेको प्रहरी निरिक्षक सुन्जीत तामाङले वताउनु भयो ।