दोलखाको उच्च भागमा हिमपात र वर्ष चिसोका कारण जनजीवन कष्टकर

दर्पण संवाददात
२४ माघ,  कालिन्चोक 

दोलखाको उच्च भागमा विहिवार विहानै देखि भएको हिमपात र वर्षको कारण चिसो वढेसंगै जनजीवन प्रभावित बनेको छ ।
जिल्लाको कालिन्चोक, कुरी बजार, खरिढुंगा, शैलुङ डाँडा, लगाएतका उच्च भागमा हिमपात भएको छ भने जिल्लाको अधिकंश भागमा बर्ष भएको छ । बर्ष संगै चिसो बढेपछि उच्चभागमा बसोवास गर्ने बृद्धवृद्धा र वालबालिका चिसोको उच्च जोखिममा परेका छन् ।

भूकम्पले ध्वस्त भएको दोलखामा पुर्णनिर्माणको काम सम्पन्न भई नसक्दा अस्थाई टहरामा वसोवास गर्दै आएका भूकम्प पिडितहरुको जनजीवन प्रभावित बनेको छ । विद्यालयमा अध्यन गर्नका लागि बालबालिकालई समेत चिसोका कारण समस्या भएको छ । ३८४२ मिटरको उचाईमा रहेको दोलखा जिल्लाको पर्याटकीय एवंम् धार्मिक क्षेत्र कालिन्चोकमा एक साता अघिमात्र परेको बाक्लो हिमपात नसकिदै पुन विहिवार विहानै देखि बाक्लो हिमपात सुरु भएको छ । हिमपात भए संगै स्थानिय होटल व्यवसायीहरु उत्साहित भएका छन् भने खाद्यान्न लगाएतका आवश्यकीय सामान ढुवानीका लागि समस्या हुने कुरीका होटल व्यवासायी हरी ओलीले बताउनु भयो । राजधानी देखि नजिकै रहेकोे हिमाली जिल्ला दोलखाको कालिन्चोक शैलुङ, डाँङढुगे डाँडा लगाएतका क्षेत्र हिउँ खोल्न पछिल्लो समय आन्तरिक पर्याटकहरुको गन्तव्य वन्दै गई रहेको छ ।

जिल्लाको अधिकांश ठाँउमा भएको बर्षा संगै किसान भने खुसी भएका छन् । जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्द, गहु लगाएतको बाली लाई माघमा भएको बर्षले राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानहरु उत्साहित भएका छन् ।