दोलखाको उच्च क्षेत्रमा वाक्लो हिमपात

दर्पण संवाददाता
चरिकोट, १६ फागुन

हिमाली जिल्ला दोलखाको अधिकांश उच्च भुभागहरुमा वाक्लो हिमपात भए संगै डाँडाहरु सेताम्य भएका छन् ।
वुधबार देखि सुरु भएको वर्षा संगै जिल्लाको पर्याटकिय क्षेत्र चरिकोट बजार, कालिन्चोक, कुरी बजार, खरिढुंगा, जिरी बजार, शैलुङडाँडा, च्योर्दुङ लगाएतका उच्च भागमा हिमपात भएको छ । हिमपात पछि दोलखाको उच्च भुभाग सेताम्य वनेका छन् । हिमपता संगै बर्षा भई चिसो बढेका कारण जनजिवन प्रभावित बनेको छ । दोलखाको उच्च भुभागमा वसोवास गर्दै आएकाहरुको जनजिवन प्रभावित भएको छ भने हिँउमा रमाउने आन्तरीक पर्याटकहरु विहानै देखि हिँउ खेल्न निस्कीएका छन् ।


हिजो साँझदेखि बाक्लो हिमपात भएका कारण लामोसांधु जिरी सडक अन्र्तगत खरिढुङगामा वाक्लो हिँउ परेको कारण यातयात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिमपातकै कारण कालिन्चोकको कुरीमा जाने यातयात समेत अवरुद्ध भएको छ । खरिढुंगामा अबरुद्ध यातयात सुचारु गराउनको लागि प्रयार भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधव काफ्लेले बताउनु भयो ।


लामो समय पछि दोलखाको चरिकोट बजारमा समेत वाक्लो हिमपात भएको छ । पर्याटकीय क्षेत्र चरिकोटमा लामा समय पछि हिमपात भए संगै व्यवसायीहरु खुसी भएका छन् ।