दोलखाका सांसद, पुर्व मन्त्री तथा नेताहरु राहत सहित जंगु पहिरो पिडितको घर दैलोमा

दर्पण संवाददाता
जुंगु, साउन २१,

पहिरोले ठुलो क्षेती पुगेको दोलखाको गौरिशंकर गाँउपालिका वडा न १ र २ जुंगुमा संसद, पुर्व मन्त्री तथा नेकपाका नेताहरुले पिडितहरुको घर दैलोमा पुगेका छन् ।

दोलखाका संघिय संसद पार्वत गुरुङको संयोजकत्वमा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल, सांसद पशुपती चौलागाई, सरस्वती वस्नेत, नेकपाका नेता गांगा कार्की, भिम दहाल, ऋषिकेश उप्रेती, नेकपाका गौरिशंक गाउँपालिका अध्यक्ष जंग गुरुङ लगाएतको टोली साहत सहित पिडितहरुको घर दैलोमा पुग्नुका साथै पहिरोको निरीक्षण गरेका छन् । पिडितहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्नका सामग्री चामल, दाल, नुन, तेल सहित दोलखाका संसद तथा नेकपाका नेताहरु पिडितको घर दैलोमा पुगेका छन् । जुंगुको पहिरोको घटनाले आफु सारै दुखी भएको वताउनु हुँदै संघिय सांसद पार्वत गुरुङले पिडितहरुका लागि तत्कालको आवश्यकताका लागि खाद्ययन्नका सामग्रीहरु सहित नेताहरुको टोली घटनास्थलमा आएको र सवैले उद्धारमा ध्यान दिनुपर्ने बताउनु भयो । पुर्व मन्त्री आनन्द पोखरेलले दुखद घटना भएको र यसका लागि आफुहरुले सक्दो सहयोग गर्ने र तत्काल सर्वै पिडितहरुलाई सुरक्षित स्थानमा वस्नका लागि आग्रह गर्नु भयो । प्रदेश सभा सदस्य माननिय पशु्पती चौलागाई, र सरस्वती वस्नेतले विस्तापित भएका सवै घर परिवार लाई व्यवस्थापनका लागि प्रदेश सरकार संग सहकार्य गर्ने बताउनु भएको छ ।

गत साउन १७ गते लगातार परेको पानीले गाउँ नै जलमग्न भई पहिरो जाँदा बेपत्ता भएका २ जना मानिस अझै भेटिएका छैनन् । पहिरोका कारण १७ घर पूर्ण क्षति, ४ घर आंशिक क्षति र ४७ उच्च जोखिममा परेका छन् । पहिरोबाट २ सय ५५ जना मानिस विस्थापित भई स्थानीय नीलकण्ठेश्वर मावि र जनउपकार सहकारी भवनमा अस्थायी सेल्टर राखी बसोबास गर्दै आएका छन् । पहिरोले घरपालुवा चौपाया र अन्य सम्पत्ति गरी करिब ५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।