दर्पण संवाददाता
काठमाडौ भदौ ३१
नेपालमानै पहिलो पटक धेरै दर्शकको मन जित्दै चर्चामा आएको कार्यक्रम नेपाल आइडल अहिले अहिले सिजन टु चलिरहेको छ । एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम नेपाल आइडल नहेर्ने मानिस साययदै कम होलान् ।
नेपाल आइडलको सिजन टु चलिरहँदा दोलखाको पवन गिरिको गित नेपाल आइडलमा घन्की रहेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा न ५ मा जन्मीएका पवन गिरी उत्कृष्ट २० भित्र पर्न सफल भएका छन् ।
गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या, नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँ हुँदै पनि उनले सिक्न सकेनन् । सानैदेखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ ।
उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् । पर्याप्त मात्रामा संगित सिक्नको लागी नसकेपनि पछिल्लो दुई वर्ष यता उनी संगितसंग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् ।
उनका बाबु भिम बहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको काम गरेर जिविको पार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् । पवन अहिले आफै खर्च जुर्टार संगित सिक्न थालेका छन् । उनले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन् । बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न उनी नेपाल आईडलमा सहभागी भएका छन् । उनी नेपाल आईडल जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् ।