दोलखाका दुई सहकारी अभियन्ता सम्मानीत

दर्पण संवाददाता
चरिकोट, १६ असोज

जिल्ला सहकारी संघ दोलखाले दोलखा जिल्लाका दुई सहकारी अभियान्तहरुलाई सम्मान गरेको छ ।

जिल्ला सहकारी संघ दोलखाले चरिकोटमा आज एक कार्यक्रमको आयोजना गरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जिवसराज खड्का र जनसचेतन बचत तथा ऋण सहकारी संस्था र्मैनापोखरीका अध्यक्ष भिम दहाललाई सम्मान गरेको छ । दोलखा जिल्लाबाट प्रतिनिधीत्व गदै सहकारी क्षेत्रमा प्रदेश नम्वर ३ मा महत्वपुर्ण पदहरुमा चयन हुनुभएकोमा जिल्ला सहकारी संघ दोलखाले बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको जिल्ला सहकरी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो ।
दोलखा जिल्लामा सहकारी अधियान्तको रुपमा परिचित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम प्रसाद दहाल सहकारी संघ प्रदेश नम्वर ३ को सचिव पदमा र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्का बचत संघ प्रदेश नम्वर ३ को महासचिव पदमा चयन हुनभएको थियो ।