दोलखाका दुई नेता ईश्वरचन्द्र पोखरेलको उपाध्यक्ष र डबल पाण्डेको उपसचिबमा उम्मेदवारी दर्ता

नेकपा एमाले बागमती प्रदेश कमिटीको पदाधिकारीमा दोलखा बाट दुई नेताले उम्मेदवारी दर्ता गराएका छ्न।

दोलखाका दुई नेता इश्वरचन्द्र पोखरेलले उपाध्यक्ष पदमा र डबल पाण्डेले उपसचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन । असोज ८ गतेदेखी काठमाडौंमा सुरु भएको बागमती प्रदेश कमिटिको प्रथम प्रदेश अधिबेशनमा एकै जिल्लाका दुई नेताहरुको पदाधिकारीमा उम्मेदवारी परेको हो । प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गराउनका लागि नेताहरुले लामो प्रयास गरिरहेको भएता पनि आज आएर निर्वाचन समितिले आकांक्षीहरुको मनोनयन दर्ता गराएको हो । सर्वसम्मत नेतृत्व चयन गराउनका लागि छलफल भइ रहेको नेताहरुले बताएका छ्न ।
उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएका इश्वरचन्द्र पोखरेल दोलखा जिल्लाको विभिन्न कमिटीमा काम गर्दै २०७० देखि ०७८ सम्म करिव ९ वर्ष पार्टी जिल्ला अध्यक्षको रुपमा काम गर्नु भएका नेता पोखरेल ०४९ सालमा साविक जफे गाविसमा अध्यक्षमा निर्वाचित हुँदै ०५४ सालमा जिल्ला विकास समिती सदस्य र २०७४ सालको स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिकामा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिका राष्ट्रिय महासंघको समेत नेतृत्व गर्नुभएको पोखरेल हाल पार्टीको प्रदेश सदस्य हुनुहुन्छ ।

तेस्तै एमाले नेता डवल पाण्डेले पनी प्रदेश कमिटीको पदाधीकारीमा उम्मेदवारी दिनु भएको छ । २०४० साल देखि अनेरास्ववियूमा सङ्गठित हुँदै नेकपा एमालेमा सक्रिय राजनिती गर्दै आउनुभका पाण्डेले उपसचिव पदमा उम्मेदवारी हाल्नु भएको हो । २२ बर्ष एमाले दोलखाको जिल्ला कमिटी सदस्य र ९ वर्ष जिल्ला पदाधिकारी हुँदै उप सचिव भई काम गरी सक्नुभएको पाण्डे हाल बाग्मती प्रदेश कमिटी सदस्य भई काम गर्दै आई रहनुभएको छ । २०७४ सालमा जिल्ला समन्वय समिती दोलखाको प्रमुखमा निर्वाचित पाण्डेले देशकै उत्कृष्ट समन्वय प्रमुखको रुपमा काम गर्नुभएको थियो ।

दोलखा जिल्लाबाट पदाधिकारीमा दुई जनाको उम्मेदवारी परेपनी भूगोल बाट प्रतिनिधित्व गर्ने सदस्यहरुको बारेमा सर्वसम्मत गर्नका लागि प्रयास भइ रहेको एमाले नेताहरुले बताएका छ्न । मनोनयनको समय आज अन्तिम तोकिएको कारण केही केही आकांक्षी सदस्यहरुले उम्मेदवारी दर्ता गरे पनि सर्वसम्मतको लागि छलफल भइ रहेको हो । प्रदेश नेतृत्व चयनको लागि असोज ११ गते निर्वाचनको तयारी भइ रहेको छ ।