दोलखाका दुई नेता ईश्वरचन्द्र पोखरेल र डवल पाण्डेको प्रदेश पदाधिकारीमा उम्मेदवारी दावी

नेकपा एमाले वागमती प्रदेशको पहिलो अधिवेशन यहि असोज ८ र ९ गते काठमाण्डौमा सम्पन्न हुन भई रहेको छ । नेकपा एमाले वागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्वको लागि चहल पहल समेत सुरु भएको छ । एमालेको प्रदेश कमिटीमा नेतृत्व लिनका लागि वागमती प्रदेश भित्रका विभिन्न जिल्लाका नेतृत्वहरुले आकांक्षा समेत व्यक्त गरेका छन् ।

नेकपा एमाले वागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा दोलखाका दुई नेताहरुले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाका दुई नेता इश्वर चन्द्र पोखरेल र डवल पाण्डेले वागमती प्रदेश कमिटीको पदाधिकारीमा उम्मेदवारी दिने घोषण गरेका हुन् । एमाले दोलखाका पुराना प्रभावशाली नेता इश्वर चन्द्र पोखरेलले उपाध्यक्ष र डवल पाण्डेले उपसचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषण गरेका दुवै नेता एमालेमा प्रभावशाली नेताको रुपमा चिनिन्छ ।

इश्वरचन्द्र पोखरेल

उपाध्यक्षमा उम्मेदवारी घोषण गर्नुभएका इश्वर चन्द्र पोखरेल जिल्लाको विभिन्न कमिटीमा काम गर्दै २०७० देखि ०७८ सम्म करिव ९ वर्ष पार्टी जिल्ला अध्यक्षको रुपमा काम गरी सक्नु भएको छ । प्रखर वक्ताको रुपमा परिचित पोखरेल विभिन्न कमिटी, जिल्ला अध्यक्ष हुँदै हाल वागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । एमालेमा प्रभावशाली मानिने नेता पोखरेल ०४९ सालमा साविक जफे गाविसमा अध्यक्षमा निर्वाचित हुँदै ०५४ सालमा जिल्ला विकास समिती सदस्य र २०७४ सालको स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिकामा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पालिका अध्यक्ष हुँदा पोखरलेले तामाकोशी गाउँपालिकामा दिगो विकास, गुणस्तरीय शिक्षा, आर्थीक सुधार लाएतको क्षत्रमा दुरदृष्टीका साथ पारदर्शी रुपमा काम गर्दै नागरीकहरुको मन जित्न सफल हुनुभएको थियो । लामो समय देखि पार्टीमा आवद्ध भई काम गरी सकेको र प्रदेश उपाध्यक्षको नेतृत्व लिनका लागि आफु योग्य भएका कारण उपाध्यक्षमा उम्मेदवारी घोषण गरेको नेता इश्वरचन्द्र पोखरेलले बताउनुभयो ।

डवल पाण्डे

त्यस्तैं दोलखाका अर्का एमाले नेता डवल पाण्डेले पनी प्रदेश कमिटीको पदाधीकारीमा उम्मेदवारी घोषण गर्नु भएको छ । दोलखाको लापिलाङमा जन्मनुभएका एमाले नेता डवल पाण्डेले प्रदेश कमिटीको उप सचिवमा उम्मेदवारी दावी गर्नुभएको हो । पाण्डेले २०४० साल देखि अनेरास्ववियूमा सङ्गठित हुँदै नेकपा एमालेमा सक्रिय राजनिती गर्दै आउनुभएको छ । राजनितीमा अत्यन्त चुतर प्रष्ट बक्ताको रुपमा परिचित नेता पाण्डे २२ बर्ष एमाले दोलखाको जिल्ला कमिटी सदस्य र ९ वर्ष जिल्ला पदाधिकारी हुँदै उप सचिव भई काम गरी सक्नुभएको छ । हाल बाग्मती प्रदेश कमिटी सदस्य भई काम गर्दै आई रहनुभएको छ । २०७४ सालमा जिल्ला समन्वय समिती दोलखाको प्रमुखमा निर्वाचित पाण्डेले देशकै उत्कृष्ट समन्वय प्रमुखको रुपमा काम गर्नुभएको थियो । नेता कार्यकर्ता माझ छोटो समयमा घुलमिल हुन सक्ने स्वभावका नेता पाण्डे वागमती प्रदेश कमिटीको उपसचिवमा उम्मेदवारी दिने तयारी भएको हुँदा सवैलाई सहयोगको लागि समेत आग्रह गर्नुभएको छ ।

दोलखा जिल्लाबाट दुई नेताले पदाधीकारीमा उम्मेदवारी घोषणा गरेका हुन भने सदस्यहरुमा जिल्लाबाट धेरै आकांक्षी देखिएको छ । हाल बागमती प्रदेश कमिटीमा दोलखाबाट २६ जना प्रदेश सदस्य रहेका छन् । प्रदेशको अधिवेशनबाट करिव आधा प्रदेश सदस्यहरु घटने छन् । बागमती प्रदेशको अधिवेशनका लागि दोलखा जिल्लाबाट ६४ जना प्रतिनिधी सर्वसम्मत चयन भई सकेका छन् ।