दर्पण संवादाता
चरिकोट, ५ मङ्सिर
सार्ताैँ राष्ट्रिय कर दिवसको अवसरमा दोलखाका उद्योगी व्यवसायीहरु सग अन्र्तक्रया तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।
दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आय कर सम्वन्धी आधारभुत जानकारी, मुल्य अभिवृद्धि कर, अन्त शुल्क सम्बन्धी आधारभुत जानकारीको वारेमा दोलखाका व्यवासयी हरुसंग छलफल गरेका थिए । व्यवासयीहरुका लागि आर्थिक ऐन २०७५ मा व्यवस्था भए वमोजिम छुट सुविधा, संस्था अनिवार्य दर्ता सम्बन्धी व्यवस्था, नक्कली विजकमा जरिवाना सम्बन्धी व्यवस्था, मुल्य अभिवृद्धि कर नवुझाउनेलाई करदाताको दर्ता खारेज गर्ने व्यवस्था लगाएतको वारेमा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डम्वर पराजुलीले जानकारी गराउनु भएको थियो ।
कर संवृद्ध नेपाल सुखी नेपालीको भर भन्ने मुल नाराका सहित सातौँ कर दिवसको आवसमा आयोजित कार्यक्रमको अवसरमा दोलखा जिल्लाबाट सवैभन्दा धेरै कर दालिखा गर्ने मिलिजुली सहरकारी चरिकोटलाई सम्मान गरेको छ ।
उद्योग वाणिज्य संघ दोलखा र आन्तरिक राजस्व कार्यालय धुलिखेलको चरिकोटमा आयोजना गरेको कार्याक्रममा दोलखाका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।