थामी संस्कार सम्वन्धी बृतचित्र तथा कर्मकाण्ड सिलोके पालाखे पुस्तक विमोचन

थामी जातीहरुको संस्कार संस्कृतीको वारेमा सम्वन्धीत वृतचित्र तथा कर्मकाण्ड सिलोके पालाखे पुस्तक विमोचन आज विमोचन भएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा भएको एक कार्यक्रमको बिच थामी जातीहरुको जिवन पद्धती, जिवन दर्शन तथा जिवन संस्कृति संग आधारित थामी जातिको वृतचित्र तथा कर्मकाण्ड सिलोके पालाखे पुस्तक विमोचन भएको हो । प्रतिनिधि सभा सदस्य गंगा कार्की, बाग्मती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, ठुला थामीले संयुक्त रुपमा पुस्तक विमोचन गर्नूभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुर्दै प्रतिनिधि सभा सदस्य गंगा कार्कीले थामी जातिको संस्कार संस्कृति संरक्षणका लागि यस पुस्तकले सहयोग पुग्ने बताउनुभयो । नेपालको सिमान्तकृत थामी समुदायमा आधारित यस पुस्तकबाट थामी जातिहरुको जिवन स्तर सुधार गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयको छ । उहाँले अहिले धेरै जसो जाति तथा भाषाहरु लोपोन्मुख हुर्दै गइरहेको कारण सबै जनालाई एकजुट भएर भाषा संस्ककार संस्कृतीको संरक्षणमा लाग्ुनपर्ने बताउनु भयो ।

नेपाल थामी समाज बहुजाती बहुभाषी बहुधर्म बहुसांस्कृतिक नेपालको पहिचान, थामी जातिको सिलोके पालाखे जोगाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ भएको कार्यक्रममा नेपाल थामि समाज जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष होम थामी, विगु गाँपालिकाका अध्यक्ष सन्जीव ओली, उपाध्यक्ष देविका थामि , कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, विभिन्न वडाका वडा अध्यपहरुको सहभागिता रहेको थियो ।

थामी जातीहरुको संस्कृती संग सम्वन्धीत पुस्तक प्रकाशनको लागि विगु गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । पुस्तकले थामी समुदायको अधिकांश विषयहरु समेटीएर प्रकाशण गरिएको प्रकाशकले जनाएको छ । दोलखा जिल्ला उदगम थलो मानिने थामी समुदायहरु दोलखा जिल्लाको विगु गाउँपालिकाको विभिन्न वडाहरु र हाल दोलखा लगाएत विभिन्न ३२ जिल्लाहरुमा थामी समुदायको वसोवास रहेको छ । पुस्तक प्रकाशणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई कार्याक्रमको आवसरमा सम्मान गरिएको थियो ।