
दर्पण संवाददाता
चरीकोट, ३ असोज : दोलखा जिल्लाको उतरी क्षत्रमा मुख्य वसोवास रहेको अल्पसंख्यक जाती थामीको भाषा संस्कृती कला हरुलाई समेटेर तयार पारिएको पुस्तक नानको आथाङ उलाम (अध्यरो बाट उज्याले तर्फ) नामक पुस्तक आज विमोचन गरिएको छ ।
नेपाल थामी समाज दोलखाले तयार पारेको पुस्तक पुर्व संचार सुचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले चरिकोटमा पुस्तक विमोचन गर्नु भएको हो । दोलखा जिल्ला उदगम थलो वनाई जिल्लाको उतरी क्षत्रहरुमा बसोवास गर्दै आएका अल्पसंख्य जातिको रुपमा सुचिकृत जनजातीहरु मध्येको एक थामी जातीको विभिन्न भाषा, संस्कृती कला जस्ता विषयहरु पुस्तकमा समावेश गरिएको छ । थामीको संस्कृती सम्वन्धी पुस्तक प्रकाशन गर्नका लागि वागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । पुस्तक विमोचन गर्नुहुँदै पुर्व मन्त्री गुरुङले यो पुस्तकले देशका विभिन्न ठाउँमा वसोवास गर्ने थामी समुदायको संस्कती कला संरक्षणको लागि महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो । विभिन्न जात जातीहरुको धर्म संस्कृती कला राज्यको सम्पतीको भएको र ति कला संस्कृतीहरु आधुनिकता संगै विस्तार लोप हुँदै जान थालेको हुँदा सवैले सरक्षणको लागि पहल चाल्नु पर्ने उहाँले बताउनु भयो ।

थामी संध नेपालका केन्द्रीय महासचिव तथा पुस्तकका सम्पादक लक्ष्मण थामीले राज्यको स्रोत साधनमा पहुँच कम भएको थामी समुदायलाई समेटर सार्वजनिक गरिएको पुस्तकाले थामी समुदाएको एक इतिहाँस भएको सिंगो थामी समुदाय मात्र नभई अन्य समुदायलाई समेत सहयोग पुग्ने उहाँले बताउनु भयो । आधुनिकता संगै भाषा संस्कृतीको हराउदै गएको र पछिल्लो पुस्ताहरुले भुल्दै जान थालेपछि थामी सम्वन्धी अध्ययनको लागि पछिल्लो पुस्ता तथा अन्य व्यक्तिहरुलाई समेत पुस्तकले सहयोग पुग्ने गरि पुस्तक प्रकाशन गरिएको महासचिव थामीले बताउनु भयो । पुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, आदिवासी जनजाती महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ, प्रेस चौतारी दोलखाका संयोजक प्रभु जिरेल लगाएतले शुभकामना दिनुभएको थियो ।

