दर्पण संवाददाता
खोपाचागु, दोलखा माघ २४
दोलखाको विगु गाँउपालिका वडा न ८ खोपाचागु थामीचागुमा रहेको सामुदायिक स्वास्थ्य ईकाइको लागि सिविन नेपालले स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री हस्ताण्तरण गरेको छ ।
थामी समुदायको मात्र वसोवास रहेको थामीचागुमा हालै संचालनमा आएको सामुदायिक स्वास्थ्य ईकाइका लागि सिविन दोलखाले १ लाख ७५ हजार बरावरको सामग्री हस्ताण्तरण गरेको छ । ग्रामिण विकास टुकि संघ र सिविन नेपालको साझेदारीमा संचालित महिला तथा बालबालिका सशक्तिकरण एवम्ं जिवनस्तर उत्थान परियोजना अन्र्तगत थामीचागुमा रहेको सामुदायिक स्वास्थ्य ईकाईको लागि आवश्यक उपकरण तथा औजार सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ग्रामिण विकास टुकि संघका कार्यकारी निर्देशक पुरुर्षाथ श्रेष्ठले बताउनु भयो । सिविन नेपालले इकाई संचालन गर्नको लागि आवश्यक फर्नीचर, स्वास्थ्य उपकरण, औषधी लगाएतका सामग्री सहयोग गरेको हो ।
सिमान्तकृत समुदाय थामीहरुको मात्र वसोवास रहेको थामीचागुमो सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको र सवै नागरीकले सहज रुपमा स्वास्थ्य उपचारको सेवा पाउन भन्ने उदेश्यले आफुहरुले सहयोग गरेको सिविन नेपालले जनाएको छ । सिविन नेपालले लामो समय देखि दोलखाको उतरी क्षेत्रमा कार्यक्षेत्र बनाई विभिन्न कामहरु गर्दै आई रहेको छ ।