तारा दल गणका सेनाले ग¥यो रक्तदान, बाँच्यो ७० वर्षे वुधमायाको ज्यान

दर्पण संवाददाता
चरिकोट, कार्तिक ३

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ९ खरिढ्ंगाका बुधमाया तामाङलाई दोलखामा रहेको तारा दल गणले रक्तदान गरी ज्यान बचाएको छ ।

अत्याधिक रक्तश्राव भई दोलखाको सामुदायिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको ७० वर्षिय बुधमाया तामाङलाई तारादल गणका सेनाले रक्तदान गरेको हो । तामाङलाई O+VE रगतको आवश्यकता परेको र दोलखामा रहेको तारा दल गणलाई अनुरोध गरेको हुँदा तारा दल गणका व्य नं 186048 हु. प्रेम था. म  र व्य.नं. 274913 सि. कमल बस्नेतबाट रक्तादान गरेकोले निज महिलालाई उपचारको लागि सहज भएको अस्पतालले जनाएको छ ।

७० बषिय बधमाया तामाङ रक्तश्राव भई शनिवार अस्पताल भर्ना हुनुभएको थियो । तारा दल गणका दुई सेनाले रक्तदान गरेको र उपचार पश्चात विरामी महिला अस्पताल बाट डिस्चार्ज भई सकेको अस्पाताल संचालक अमृत बुढाथोकिले जानकारी दिनु भयो ।  आकस्मिक अवस्थामा दोलखामा रहेको तारा दल गणले अन्य समयमा समेत विभिन्न विरामीहरुलाई रक्तदान गर्दे आएको छ ।