दर्पण संवाददाता
चरिकोट, माघ ३
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ८ बोचमा रहेको देवि माध्यमिक विद्यालयका विधार्थीहरुलाई तारा दल गणका नेपाली सेनाले आइ इ डि अवारनेस कक्षा संचालन गरेको छ ।
नेपाली सेना तारा दल गणबाट खटेका एमआपी टोलीले बोचको देवि माध्यमिक विद्यालयका ४ सय जना विधार्थीहरुको विचमा कक्षा संचालन गरेको तारा दल गणका क्यापटेन रोसन वस्नेतले बताउनु भयो । सेनाले संचालन गरेको कक्षामा कसरी आफु वाँच्ने र अरुलाई कसरी बचाउने, केहि घटना घटेमा सुरक्षा निकायमा कसरी जनाकारी गराउने जस्ता विषयमा जानकारी गराइएको छ । संकासपद वस्तुहरु फेला परेमा विधार्थीहरुले के गर्ने र कसरी सुरक्षीत रहने भन्ने लगाएतको विषयमा समेत जानकारी गराइएको छ ।
करिव ४ सय जनाको सहभागिता रहेको सो जानकारीमुलक कक्षामा विधार्थीहरु निकै उत्सुक रहेको र यस्ता गतिविधीले सेना संगको सम्पर्क विस्तार हुनुका साथै आत्मावल बढने उहाँले बताउनु भयो ।
