तामाकोशी गाउँपालिका “मेरो घर सफा घर ” अभियान संचालन गर्दै

दिपक बस्नेत
माघ २६ जफे
दोलखाको तामाकोशी गाउॅपालिकाको छैटौ हिउँदे गाउँसभाले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँसभाले ग बर्गमा पर्ने अपाङ्गहरूलाई मासिक एक हजार प्रदान गर्ने, मेरो घर सफा घर कार्यक्रम संचालन गर्ने र सबै वडाका ६३ जना ब्यक्तिलाई नगद तिन हजार पुरस्कार प्रदान गरिने निर्णय गरेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले तामाकोशी गाउँपालिका विकासको काममा तिव्रगतिमा अगाडी बडीरहेको र आगामी दिनमा मेरो घर सफा घर अभियान संचालन गर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा सुधारको योजना अनुसार काम सुरु भएको र एक घर एक घाराको कार्यक्रमले तिब्रता पाउनुको साथै कृषिमा क्षेत्रको अनुदान लाइ ब्यबस्थित प्रभावकारी वनाउँन कार्यदल गठन गरि सकिएको बताउनु भयो ।

गाउँसभामा अध्यक्ष पोखरेलले सामुहिक खेतिलाई प्रथामितामा राख्ने, सुकुम्वासी विहिन गाउँपालिका घोषण गर्ने, विद्यालयमा औचित्यको आधारमा शिक्षक व्यवस्था गर्ने बताउनुका साथै विषयगत शिर्षकमा विनियोजन गरिएको वजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँ सभामा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काले के.सी. ले गाउँसभामा छलफल हुने विषय प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका प्रवक्त एवंम तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले पालिका भित्रका योजना सम्पन्न गर्न कर्मचारिको महत्वपुर्ण भुमिका हुने भएकाले ध्यान दिन अनुरोध गर्नु भयो ।
तामाकोशी गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय जफेको सभाहलमा भएको सभामा प्रमुख प्रशासकिय अधिकृत बिज्ञान कोइरालाले सहजीकरण गर्नु भएको थियो ।