तामाकोशी गाउँपालिका अन्तर्गतका सामुदायिक बनको बर्तमान अबस्था सम्बन्धि छलफल

दिपक बस्नेत
जफे, १४ माघ

तामाकोशी गाउँपालिकाले गाउपालिका भित्रका सामुदायिक वन समुहका अध्यक्षहरुसँग सामुदायिक बनको वर्तमान अवस्था र भावि कार्यदिशा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनमा देखिएका चुनौति, सामुदायिक वनले गर्नुपर्ने काम कर्तव्य, सामुदायिक वनको चुनौति, आगामि योजनाको वारेमा छलफल भएको थियो ।
तामाकोशी गाउँपालिका स्तरिय वन उपभोक्ता महासंघका अध्यक्ष अम्विका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका भित्रका सामुदायिक वन समुहका पदाधिकारी, जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र तामाकोशी गाउँपालिका स्तरिय महासंघको संयुक्त रुपमा भएको कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेले वनले गर्नुपर्ने काम र पालिकाले वनलाई गर्ने सहयोग विषयमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्वर चारका वडा अध्यक्ष होम बहादुर श्रेष्ठ, वडा नम्वर पाँचका अध्यक्ष झनक फुयाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका भुतपुर्व अध्यक्ष हरिहर न्यौपाने, अध्यक्ष जगन्नाथ बस्नेत, लागएतले सामुदायिक वन सम्वन्धि आफ्नो धारण राख्नु भएको थियो ।