दर्पण संवाददाता
माघ १३ जफे
दोलखाको तामाकोशी गाउँपालीकामा गाउँपालिका भित्र रहेका सहकारीहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका र पालिका स्तरी सहकारी समन्वय समितिको आयोजना भएको कार्यक्रममा सहकारीको विभिन्न विषयमा छलफल तथा अन्तरकृया गरिएको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा तामाकोशी गाउँपालिकामा सञ्चालित सम्पुर्ण सहकारी संस्था र गाउँपालिकाका बीचमा विभिन्न क्षेत्रमा छरिएर रहेका बिषयगत सहकारीहरुका बीच एकीकरण, सहकारी क्षेत्रलाई व्यवसायिक उत्पादनमा जोड्ने बिषय, नीति विधि र प्रविधि मार्फत दक्षता र पारदर्शिता अभिबृद्धि गर्ने तथा आगामी दिनमा समग्र तामाकोशी गाउँपालिकाको विकासमा सहकारी क्षेत्रको भुमिका कसरी प्रभावकारी बनाउने भन्ने विविध विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको थियो। एकीकरण तथा व्यवसायिक उत्पादनमूलक क्षेत्रमा जोड्ने सन्दर्भमा संभाव्यता अध्ययन गर्दै अगाडि बढ्ने गरी २ छुट्टाछुट्टै ७ /७ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

तामाकोशी गाउँपालिका स्तरीय सहकारी संयोजक पशुराम कार्कीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा नेपस्कुनका केन्द्रिय संचालक समिति सदस्य जीवस राज खाड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष देवि प्रसाद शर्मा, तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठ, प्रमुख प्रसाशकिय अधिकृत विज्ञान कोइला, सहकारी विभाग अधिकृत पवन फुयल लगाएतले सहकारीको विषयमा धारण राख्नु भएको थियो ।
हालैमात्र नेफ्स्कून केन्द्रीय सदस्य निर्वाचित जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाको उपाध्यक्ष देवी शर्मा फुयाल, जिल्ला वचत तथा ऋण सहकारी संघ सदस्य पर्शुराम कार्की र जिल्ला सहकारी संघ सदस्यमा सुमित्रा फुयाल निर्वाचित हुनुभएकोमा बधाई तथा सम्मानित पनि गरिएको थियो ।
