पुस्कर महत,
फागुन २० जफे,
दोलखाको तामाकोशी गाउँपालिकाले गाउँपालिका स्तरिय नागरिक साझेदारी मञ्च गठन गरेको छ ।
गाउँपालिकाले मंगलबार स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधि र नागरिक समाजका अगुवा, विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधी तथा विभिन्न निकायहरुका व्यक्तिहरुको भेलाले साझेदारी मञ्च गठन गरेको हो । नागरिक साझेदारी मञ्चको संयोजकमा गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल र सह(संयोजकमा सहकारीहरुबाट प्रतिनिधित्व गरिरहेका नरबहादुर कार्कीलाई तोकिएको छ । स्थानीय सरकार र जनसमुदाय विच समन्वय, सहकार्य र साझेदारी गर्दै गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहमा चुस्त, दुरुत्स र पारदर्शिता कायम गर्न नागरिक साझेदारी मञ्च गठन गरिएको गाउँपालिकाले जनाएको छ । जन(स्तरबाट हुने गुनासो सम्बोधनका लागि मञ्चको आवश्यकता महशुस गर्दै गठन गरिएकोले जनता र स्थानीय सरकारबिचको सम्बन्ध मजवुत बनाउन उक्त नागरीक साझेदारी मञ्चले महत्वपूर्ण भूमिका खेल्ने गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो । २५ सदस्यीय नागरिक साझेदारी मञ्चको सदस्य सचिव गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रहने गरी गठित उक्त साझेदारी मञ्चमा ७ वटै वडाका वडा अध्यक्षसँगै गाउँपालिका भित्रका युवा क्लव, आमा समुह, सहकारी, गैर सरकारी संघसंस्था, सामुदायिक वन, रेडक्रसकर्मी तथा कार्यपालिका सदस्यहरुको प्रतिनिधित्व हुनेगरी गठन गरिएको छ ।

नागरीक साझेदारी मञ्चले स्थानीय सरकार मार्फत हुने प्रशासनिक तथा विकास निर्माणका काममा चित्त नबुझे जनस्तर मार्फत गुनासो राख्न सकिने तथा जनतालाई सु(सुचित पार्न सहयोग गर्नेछ ।मञ्च मार्फत सरकारी निकायबाट गरिने सार्वाजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक लेखापरीक्षण, अन्तरक्रिया जस्ता कार्यक्रमको माध्यमबाट गाउँपालिकाको सुशासन र जवाफदेहिता अभिवृद्धिमा सहयोग मञ्चले भूमिका खेल्ने जनाइएको छ । हुराडेक नेपाल दोलखाको सहजिकरणमा भएको एक कार्यक्रमका बिच गाउँपालिकाले जिल्ला मै पहिलो पटक नागरीक साझेदारी मञ्च गठन गरिएको हो ।
