दिपक बस्नेत
तामाकोशी, असार २६
दोलखाको तामाकोशी गाउँपालिकाको सातौं गाउँसभा तथा अधिवेसनको दास्रो बैठकबाट आर्थिक बर्ष २०७७/८८ को बजेट नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले कुल ६७ करोड २१ लाख सतासी हजार पच्चिस रुपैया बराबरको बजेट सभामा पेस गर्नु भएको थियो ।
सातौं गाउँसभा मार्फत सडक तथा पुर्वधार विकासको लागि पाँच करोड ७५ लाख विनियोजन गरेको छ । यस्तै कृषि, सिचाँई तथा पशु विकास तर्फ पाँच करोड पचास लाख, स्वास्थ्य सरसफाइ तथा पिउनेपानीमा तिन करोड साठी लाख त्रिपन्न हजार, शिक्षा तर्फ दुई करोड चालिस लाख , कला साहित्य, संकृति तथा पर्याटनमा तिस लाख, बनवातावरण तथा भुसंरक्षणमा सत्तरी लाख, उर्जा तर्फ पैत्तिस लाख, आर्थिक तथा समाजिक विकासमा वीस लाख, युवा तथा खेलकुद विकासमा एक करोड पचहत्तर लाखा, सूचना प्रविधि तथा संचरको लागि पचासी लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सेवा तथा समावेशी पर्वद्र्धनमा दुई करोड पैँतालिस लाख विनियोजन भएको छ । जोखिम तथा प्रकोप व्यवस्थापनको लागि पचास लाख जिनियोजन गरिएको छ भने अन्य विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
सातौं गाउँसभामा वडा सदस्याहरुले आ आफ्नो धारण, सुझाव तथा गुनासो प्रस्तुत राख्नुभएको थियो ।