दर्पण संवाददाता
चरिकोट, ८ असोज
दोलखाको तामाकोशी गाँउपालिकाको हालै वसेको कार्यपालिको वैठकले विभिन्न आकर्षक निर्णयहरु गरेको छ ।
आर्थिक वर्ष ०७५÷७६ मा विभिन्न कार्यक्रम संचालन गर्नको लागि अन्य गाँउपालिहरुले भन्दा फरक फरक निर्णय तामाकोशी गाँउपालिकाले गरेको छ । प्रस्तावित कार्यक्रमहरुमा किसानहरुका लागि प्राथमिकता दिएको पाइन्छ । गाँउकार्यपालिको वैठकले कृषि स्वास्थ्य, शिक्षा यातयात लगाएतको क्षेत्रमा विशेष योजना सहित कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
गाँउपालिकाले कृषि कार्यक्रम अन्र्तगत कृषि व्यवसाय गर्ने कृषकको लागि अनुदान रकम दिने निर्णय गरेको छ । वैठकले गाँउपालिका भित्र कृषिमा व्यवसायीक बन्ने कृषकहरुका लागि अनुदान रकम दिने निर्णय गरेको गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताउनु भयो । कृषकको व्यवसायको पहिचान गरी ३ हजार देखि ३० हजार सम्म अनुदान दिने र्निणय भएको गाँउपालिका प्रमुख पोखरेलले बताउनु भयो । सो कार्यक्रम अन्र्तगत उन्नत जातको गाई भैसी, बंगुर, भेडा बाख्रा, माछा पालन, माहुरी, लोकल कुखुरा, मसला बालि र फलफुल व्यवसाय गर्नेहरुका लागि अनुदान प्रदान गरिने बताईएको छ । गाँउपालिकाले किसानलाई उत्साहित गराउनको लागि कृषकले बेच्ने दुधमा प्रति लिटर १ रुपैया थप गरेर दिने निर्णय समेत गरेको छ ।
बृद्धहरुको सम्मानको लागि असल छोरा, बुहारी छोरी कार्यक्रम अन्र्तगत गाँउपालिका भित्रका जेष्ठ नागरिक लाई अत्यन्त माया र सम्मान पुर्वक पालनपोषण गरेमा २१ जोडीलाई नगद ५ हजारका दरले सम्मान गर्ने निर्णय पनि गरेको छ ।
गाँउपालिकाले कार्यक्षेत्र भित्रका ७ ओटा विद्यालय तथा हेल्थपोष्टमा बिधुतिय हाजिरको सुरुवात गर्ने र त्यसको कन्ट्रोल गाँउपालिकाबाट गर्ने व्यवस्था समेत गरेको छ ।
नागरिको स्वास्थ्यलाई ध्यानमा राखि वर्षमा २ पटक घर घरमा पुगेर स्वास्थ्य अभियान संचालन गर्ने भएको छ । साथै आपत्कालिन अवस्थामा महामारी फैलिएमा हेल्थपोष्टले सिधै औषधी खरिद गर्न सक्ने गरि गाँउपालिका भित्रका प्रत्येक हेल्थपोष्टमा १ लाख रुपैयाको इमर्जेन्सि कोषको स्थापना गरेको छ ।
कार्यपालिको वैठकले गाँउपालिका भित्र बसोवास गर्दै आएका तिन पुस्ता देखि सुकुम्वासी भएको प्रमाणित भएमा १ लाख ५० हजार सम्मको जग्गा खरिद गरि दिने व्यवस्था समेत गरेको गाँउपालिका प्रमुख पोखरेलले बताउनु भयो ।