नेपालकै राष्ट्रिय गौरवको आयोजना दोलखाको माथिल्लो तामाकोशी जलविधुत आयोजनाले जारी गर्न लागेको हकपद श्येरमा सवै दोलखालीहरुको सहभागिता सुनिश्चित हुनुपर्ने नेकपा एमाले दोलखाले जनाएको छ ।
दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामावगरमा निर्माण भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि शेयर दाखिल खारेज बन्दको मिति तोकिएको सूचना प्रकाशित गरिएकोमा नेकपा एमाले दोलखाको गम्भिर ध्यानाकर्षण भएको नेकपा एमाले दोलखाले जनाएको छ । हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चितताको लागि श्रावण ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दोलखाका सबै सरोकारवाला सँग छलफल भएको थियो । उक्त छलफलले आयोजना प्रभावित दोलखालीको हितग्राही खाता खोल्न सबै स्थानीय तहहरुमा आयोजना, शेयर इस्यू म्यानेजर र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सनराइज क्यापिटलले व्यवस्थापन गरि हितग्राही खाता खोल्ने व्यवस्था गर्ने साथै भौतिक रुपमा पनि फाराम भरेर हकप्रद शेयर हाल्न पाउने निर्णय गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा गरिएको निर्णय कार्यान्वयन गर्ने कुनै प्रक्रिया नै सुचारु नगरी बुक क्लोज मितिको सूचना जारी गरिएकोले धेरै दोलखाली हकप्रद शेयरबाट बञ्चित हुने देखिएको हुँदा त्यसलाई सच्चाएर जान नेकपा एमाले दोलखाले विज्ञप्ती मार्फत आग्रह गरेको छ । फारम मार्फत श्येर हालेका दोलखाबासीहरुले विभिन्न कारण अझै हितग्राहि खातामा शयेर नल्याएका कारण धेरै दोलखालीहरु तामाकोशीको हकपद श्येरबाट वञ्चित हुने देखिएकोले कुनैपनि बहानामा दोलखालीहरु हकपद श्येरबाट वञ्चित नगराउन नेकपा एमालेले माग गरेको छ ।
यदि विदेशमा भएका वा स्वदेशमै रहेका कुनै पनि दोलखाली नागरिकको हितग्राही खाता नभएको खण्डमा पनि हकप्रद शेयर सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई नेकपा एमाले दोलखाले आग्रह गरेको छ ।