जनमुखी सहकारिमा हालै सम्पन्न निर्वाचन बाट अत्याधिक बहुमतले अध्यक्षमा बिजयी हुनुभएका माधब प्रसाद दहाल संग संस्थाको आगमी योजनाको बारेमा दर्पण संचारले गरिएको कुराकानी
१. जनमुखि सहकारीको भर्खरै सम्पन्न निर्वाचनबाट अध्यक्षमा विजयी हुनभएको छ यहाँलाई हार्दिक बधाई छ । कस्तो महसुस भई रहेको छ ? श्येर सदस्यहरुलाई के भन्नु हुन्छ ?
धन्यवाद ! जनमुखी साकोसको निर्वाचन कार्यमा सहभागी भई मतदान गरेर संस्थाको अध्यक्ष पदमा विजयी बनाउनुहुने संस्थाका आदरणीय शेयर सदस्य ज्यूहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै निर्वाचन कार्यमा सहयोग गर्नुहुने निर्वाचन समिती, सुरक्षाकर्मी, सञ्चारकर्मी, पुर्व सञ्चालक, वर्तमान सञ्चालक संस्थाका कर्मचारी एवं् शुभचिन्तक सबै प्रती हार्दिक कृतज्ञ छु । शेयर सदस्य ज्यूहरु, जसले मलाई यति धेरै प्रेम, सद्भाव र विश्वासका साथ यो जिम्मेवारी दिनुभएको छ, म यहाँहरुको विश्वासलाई कहिल्यै टुट्न दिनै छैन । यहाँहरुको सपनालाई साकार बनाउन प्रतिवद्ध छु ।
२. तपाईको अध्यक्षको प्रत्यासी तथा यस संस्थाका अध्यक्षलाई धेरै ठुलो मतान्तरले पराजित गदै तपाईं अध्यक्षमा निर्वाचित हुनु भयो, तपाइलाई शेयर सदस्यहरुले त्यति धेरै विश्वास गर्ने कारण के हो ?
म यस संस्थाको संस्थापक सदस्य हुँँ । २०५४ सालमा स्थापित यस संस्था २०६१ सालमा ९८२ सदस्य र करिब ३५ लाखको पुँजीसहित अध्यक्ष पदको जिम्मेवारी लिई २०७२ सालमा जिम्मेवारी छोड्दा सम्म १४००० सदस्य र ५६ करोड २२ लाख पुँजी पुराएको छु । आफ्नो कार्यकालमा सदस्यता विस्तार, पुँजी बृद्धि, कर्मचारी व्यवस्थापन, भौतिक पुर्वाधार विकास, वित्तीय व्यवस्थापन र शुसासनलाई केन्द्रमा राखी सहयात्री सञ्चालक साथीहरु र मेहनती कर्मचारीहरुलाई साथमा लिएर अहोरात्र मेहनतका साथ संस्थाको सफल नेतृत्व गरेँ । त्यही सफल नेतृत्व, सुलभ र सहज सेवा, सबैसँगको मित्रवत व्यवहार लगायतको कारणले सदस्यहरुले मलाई धेरै विश्वास गर्नुभयो र मतदान कार्यमा उत्सुकतापुर्वक सहभागी भइ मतदान गर्नुभयो र मलाइ बिजयी गराउनु भयो ।
३. तपाई पहिले पनि संस्थामा अध्यक्ष हुनुहुन्थ्यो लामो कार्यकाल अध्यक्षमा विताउनु भयो । तपाई फेरी किन संस्थामा अध्यक्ष हुन आउनु भयो ? तपाइको अध्यक्ष पदको लागि पटक पटक उमेद्धारी किन?
यो मेरो रहर हैन, सदस्यहरुको माग हो । जुन कुरा भर्खरै सार्वजनिक भएको मतपरिणामले पुष्टि गरीसकेको छ । जब २०७२ सालमा नया कार्यसमिति चयन हुनुभयो त्यस पछि सदस्यहरुले पाइरहेका केही सुविधाहरु कटौती भए, सदस्य सेवाको गतिमा कमी आयो, सामान्य कामको लागी पनि सदस्यहरुले धेरै सास्ती ब्यहोर्नुपर्यो, सदस्य वृद्धि भन्दा पनि सदस्यहरुले संस्थाको सदस्यता त्याग गर्दै जान थाले । संस्थाको नेतृत्वप्रति सदस्यहरुको असन्तुष्टि बढ्दै गयो वहाँहरुले नेतृत्वको विकल्पको रुपमा मलाई देख्नुभयो । म जागिरबाट अवकास लिई फुर्सदको समय विताइरहेको, लामो समय वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएको, असहज र चुनौतीपुर्ण घडीमा संस्थाको सफल नेतृत्व गरेकोले धेरै सदस्यहरुले मलाई नेतृत्व लिनको लागी अनुरोध गर्नुभयो र मैँले वहाँहरुको भावनालाई सम्मान गर्दै संस्थाको अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ ।
४. संस्थालाई कसरी अघि वढाउनु हुन्छ ? संस्थागत विकासका लागि भावि योजना के छ तपाई संग ?
सर्वप्रथम संस्थालाई अत्यावश्यक आन्तरिक नीति तथा कार्यविधिहरु तयार गर्छु । छाता संघ र सहयोगी निकायहरुसँग समन्वय गरी सञ्चालक तथा कर्मचारीहरुको ज्ञान, सीप र क्षमता विकासको लागि आवश्यक शिक्षा र तालिमहरु सञ्चालन गर्छु । सदस्यहरुलाई वित्तीय साक्षरता लगायतका आवश्यक तालिमहरु सञ्चालन गर्छु । एक सञ्चालक एक उपसमितिको अवधारणमा उपसमिति गठन गर्छु र समिति तथा उपसमितिका साथीहरुलाई लक्ष्य सहितको कार्यविवरण प्रदान गर्ने र प्रगतिविवरण लिने सम्यन्त्रको विकास गर्छु । सदस्य सेवा विस्तार गर्छु । आगामी ३ बर्षभित्र एसिया स्तरको गुणस्तर प्राप्त गर्ने संस्था बनाउँछु ।
५ . तपाई अध्यक्ष हुनभए पछि अव संस्थामा के के कुरामा परिर्वत हुन्छ ? शेयर सदस्यहरुले के फाइदा पाउछन ?
म अध्यक्ष भएपछी संस्था नीति, विधि र प्रविधीमैत्री वातावरणमा सञ्चालन हुन्छ, कार्यशैलीमा परिवर्तन आउँछ, सदस्यमुखी कार्यक्रमहरु सञ्चालन हुन्छन्, सेवा विकेन्द्रिकृत हुन्छ्, छिटो र सहज ढङ्गबाट सेवा पाउँछन् । जिल्लादेखी लिएर केन्द्रिय स्तरसम्म संस्थाको पहुँच र ख्याती बढ्छ, संस्थामा सदस्यहरुको अपनत्वको विकास हुन्छ र सहकारीका सदस्यहरुको लागी हाल भएको चर्को ब्याजको केही मात्रमा घटाउने छु । सहकारीको माध्यम बाट संस्थाका शेयर सदस्य तथा बेरोजगारको लागी सहुलेत तथा सिप मुलक कामको सिर्जना गरी कर्जा प्रभाहा गराईने छ ।त्यसको लागी प्रस्ताव पत्रका आवान गरी र त्यसको मापदण्ड बनाईनेछ ।
६ . संस्थामा वढि राजनीतिकरण भयो भन्ने गुनासो छ नी के हो ?
संस्थामा कुनै प्रकारको राजनिती भएको छैन र हुदैन । संस्थामा विभिन्न जातजाती, भाषाभाषी, धर्म, सम्प्रदाय, र राजनितिक आस्थाका सदस्यहरु हुन्छन् । हरेक कुरामा आफ्नो मत राख्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर संस्थामा यो वा त्यो, यस्तो वा त्यस्तो भनेर कुनै पनि आधारमा विभेद गरिदैन । विद्यमान ऐन, नियम, कानुन, संस्थाको विनियम, नीति र कार्यविधिको अधिनमा हरी सदस्यहरुलाई समान सेवा प्रदान गरिन्छ ।