दर्पण संवाददाता
चरिकोट , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखामा राजकुमार ढुङ्गेलको संयोजकत्वमा १०९ सदस्यीय जिल्ला सम्मेल आयोजक कमिटी गठन गरेको छ ।
चरिकोटमा आज आयोजना गरेको अनेरास्ववियु को बैठक तथा प्रशिक्षण कार्यक्रमले १०९ सदस्यीय सम्मेलन कमिटी गठन गरेको हो । बैठकले सचिबको जिम्मेवारी जिप्छिरिङ शेर्पालाइ दिएको छ । कमिटीले २१ औ जिल्ला सम्मेलन मंसिर भित्र गरि सक्ने निर्णय गरेको छ । दोलखामा सबै स्थानीय तहमा जेठ महिना भित्र पालिका कमिटी , बैशाख १७ गते भित्र जिल्लाको ११ वटै क्याम्पसहरुमा क्याम्पस कमिटी गठन गर्ने र बैशाख भित्र जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको संयोजक ढुङ्गेलले बताए ।
राजकुमार ढुङ्गेलको अध्यक्षतामा चरिकोटमा आयोजना गतिएको अनेरास्ववियु को भेलालाई नेकपा एमालेका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, सचिब नर बहादुर श्रेष्ठ , एमाले नेता भरत बहादुर केसि , अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य अबिषेक सुबेदी, रमेश श्रेष्ठ, शक्ति पाठक लगाएत नेताहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।